टुडिखेलमा जारी फुटबलमा आजदेखि प्रिक्वाटरका खेल
पाेखरा | भदौ ६, २०८१
पोखरा: पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सकिएका छन् ।
आजदेखि प्रिक्वाटरफाइनलका खेल जारी रहेको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।
उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा एट टु नाइन टिम ‘बि’ र कमलपोखरीबीच भएको आजको पहिलो खेलमा ४–१ गोलअन्तरले एट टु नाइन टिम ‘बि’ विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
यस्तै दोस्रो खेल एट टु नाइन टिम ‘ए’ र भण्डारढिकबीच खेल्नेछ । तेस्रो खेलमा सनराइज र गेमशाला भिड्नेछन् ।
चौथो खेलमा क्रस एफसी र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । पाँचौ खेलमा मालेपाटन र केआइइसी बुनबीच हुनेछ ।
छैटौं खेलमा आरटी एफसी र युनाइटेड बगर भिड्नेछन् । सातौ खेल मार्सल र मिलनटोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
सो प्रतियोगिताको विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

